प्रहरीलाई गृहमन्त्रीको निर्देशन : गुण्डागर्दी गर्नेलाई पक्राउ गर्न मेरो आदेश नकुर्नू

हिमाल प्रेस २९ फागुन २०८० ९:३३ | Tuesday, March 12, 2024
प्रहरीलाई गृहमन्त्रीको निर्देशन : गुण्डागर्दी गर्नेलाई पक्राउ गर्न मेरो आदेश नकुर्नू

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले देशको कुनै भागमा गैरकानुनी काम भए पक्राउ गर्न आफ्नो आदेश नकुर्न निर्देशन दिएका छन्।

उनले प्रहरीहरूले गृहमन्त्रीलाई नभई गृहमन्त्रीले प्रहरीलाई सलाम गर्ने गरी काम गर्न आदेश दिएका छन्।

सामाजिक सन्जालमा उनले भनेका छन्, ‘देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समूहले गैरकानुनी काम गरेको छ। गैरकानुनी धन्दा चलाएको छ’ लामिछानेले भनेका छन्, ‘कर छली गरेको छ, गुण्डागर्दी, धाकधम्की, तस्करी लगायतका अपराध गरेको छ।’

लामिछानेले यदि कसैले किन कारबाही गरेको भनेर सोधेमा ऐन पल्टाएर देखाइदिन अनुरोध गरेका छन्।

प्रकाशित: २९ फागुन २०८० ९:३३ | Tuesday, March 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast