सर्‍यो लोसपा केन्द्रीय समिति बैठक

हिमाल प्रेस २० फागुन २०८० ६:०६
72
SHARES
सर्‍यो लोसपा केन्द्रीय समिति बैठक लाेसपा अध्यक्ष महन्थ ठाकुर। फाइल तस्बिर

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केन्द्रीय समितिको बैठक सारेको छ ।

महोत्तरीको बर्दिबासमा बस्ने गरी फागुन २७ गतेदेखि २९ गतेसम्मका लागि तय गरिएको बैठक फागुन ३० गतेदेखि चैत २ गतेसम्मका लागि सारिएको लोसपाका केन्द्रीय सचिव मनिष मिश्रले जानकारी दिएका हुन् ।
फागुनमा विवाहका लगनहरू भएकाले कारण यो बैठक सारिएको उनले बताए । लोसपाबाट सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलगायतका नेताहरू अलग भइसकेपछि बस्न लागेको यो पहिलो बैठक हो ।

यसअघि मङ्सिर २४ गते केन्द्रीय समितिको बैठक बसेको थियो । सो बैठक राजेन्द्र महतोले बहिष्कार गरेका थिए ।

केन्द्रीय समिति तथा पदाधिकारी चयनलाई संशोधन नगरेको कारण देखाउँदै उनले बैठक बहिष्कार गरेका थिए ।
बैठक बहिष्कार गरेपछि लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग उनको दुरी बढ्दै गयो । अन्ततः महतोले लोसपा नै छाडेका छन् । महतोले लोसपा छाडेपछि बस्न लागेको यो बैठकले के निर्णय लिन्छ सबैको प्रतीक्षाको विषय बनेको छ ।

पार्टीलाई सुदृढीकरण गर्दै संगठन विस्तारको कामलाई तीव्रता दिने उद्देश्यले यो बैठक बोलाएको सचिव मिश्रले बताए । पार्टीको संगठन सुदृढीकरणका लागि लोसपाले विभिन्न कार्यदल बनाएको थियो ।

प्रकाशित: २० फागुन २०८० ६:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast