विपश्यना ध्यान गरेका कैदीबन्दीलाई गृहमन्त्रीले भने : जीवन परिवर्तनको ‘गहना’ लाई अनुकरण गरिरहनुहोला

हिमाल प्रेस १९ फागुन २०८० १८:०६
14
SHARES
विपश्यना ध्यान गरेका कैदीबन्दीलाई गृहमन्त्रीले भने : जीवन परिवर्तनको ‘गहना’ लाई अनुकरण गरिरहनुहोला

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपश्यना ध्यानले जीवन रुपान्तरण गर्न सघाउ पुर्‍याउने भएकाले जीवनपर्यन्त ध्यानको अभ्यास गर्न कैदीबन्दीलाई सुझाव दिएका छन्। लतिलपुरको नक्खु कारागारमा नेपाल विपश्यना केन्द्रद्वारा सञ्चालित १० दिने ध्यान शिविरको आज समापनका अवसरमा उनले हरेक दिन विपश्याना ध्यानको अभ्यासमा लाग्न कैदीबन्दीलाई अनुरोध गरे।

‘ध्यानले तपाईंहरूलाई कारागार छाडेपछि असल जीवनयापन गर्न सहयोग पुर्‍याउँछ, हिजो के भयो त्यो बिर्सनुस्,अब समाजमा फर्कदा यहाँहरू अरूभन्दा असल हुनुहुन्छ’, ध्यानले कैदीबन्दीको जीवनमा रूपान्तरण ल्याउने उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भने,‘असल नागरिक बन्ने प्रक्रियामा ध्यान अभ्यासले धेरै नै सहयोग पुर्‍याउने छ, तपाईंहरू त्यसतर्फ अघि बढ्नुहोला।’

ध्यानमार्फत आफूलाई हेर्ने, चिन्ने र फेर्ने प्रक्रियाको विधिद्वारा सुसज्जित गर्न सकियो भने सिंगो समाजलाई नै परिवर्तन गर्न सकिने उनको भनाइ छ। नेपाल विपश्यना केन्द्रले देशभरि १९ ध्यानकेन्द्र निर्माण गरेको छ। नक्खु कारागार ध्यान केन्द्र तीन महिनाको तयारीपछि सञ्चालनमा आएको हो। केन्द्रले १६ देशका कारागारमा शिविर सञ्चालन गरिसकेको विपश्यना ध्यानकेन्द्रका क्षेत्रीय आचार्य डा.रुप ज्योतिको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast