सोमबार राष्ट्रियसभा सदस्यको शपथ

हिमाल प्रेस १७ फागुन २०८० १३:५० | Thursday, February 29, 2024
सोमबार राष्ट्रियसभा सदस्यको शपथ राष्ट्रियसभा बैठक

काठमाडौँ- संघीय संसद् सचिवालयले सोमबार (फागुन २१) गते राष्ट्रियसभा सदस्यहरूको शपथ ग्रहणको कार्यक्रम तय भएको जनाएको छ।

संसद् सचिवालयले सूचना जारी गरी सोमबारका लागि शपथ ग्रहण कार्यक्रम तय भएको जनाएको हो।

राष्ट्रियसभामा रिक्त सदस्यको पदपूर्तिका लागि गत माघ ११ गते बिहीबार निर्वाचन भएको थियो। संसद् सचिवालयले ल्होत्से हलमा शपथ कार्यक्रम हुने जनाएको छ।

सचिवालयले राष्ट्रियसभा निर्वाचन ऐन २०७५ को दफा ६८ को उपदफा २ अनुसार नेपालमा आफ्नो मातृभाषामा शपथ लिन चाहनेले शपथको व्यहोरा अनुवाद गरी पहिलो बैठकमा भाग लिनुभन्दा तीन दिनअघि नै बुझाउन पनि भनेको छ।

प्रकाशित: १७ फागुन २०८० १३:५० | Thursday, February 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast