कांग्रेसले एक वर्षमा कमायो ३ करोड ६४ लाख

हिमाल प्रेस ९ फागुन २०८० ७:०२
8
SHARES
कांग्रेसले एक वर्षमा कमायो ३ करोड ६४ लाख

ललितपुर- नेपाली कांग्रेसले आव २०७९/८० मा ३ करोड ६४ लाख ७६ हजार २ सय ९७ रुपैयाँ आम्दानी गरेको छ। सदस्यता, लेबी र नवीकरण शुल्कबापत  ५७ लाख ६० हजार ८ सय रुपैयाँ, चन्दा तथा सहयोगबापत २ करोड ६५ लाख ६४ हजार ५ सय ७७ रुपैयाँ, प्रकाशन बिक्रीबाट ९४ हजार ६ सय पचास रुपैयाँ, लिलाम बिक्रीबापत २ लाख २५ हजार रुपैयाँ र ब्याज आम्दानीबापत ३८ लाख ३१ हजार २ सय ७० रुपैयाँ आम्दानी गरेको हो।

महासमिति बैठकमा केन्द्रीय लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले पेस गरेको प्रतिवेदनमा जम्मा आम्दानी ३ करोड ६४ लाख ७६ हजार २ सय ९७ रुपैयाँ रहेको उल्लेख छ।

पार्टीले आव २०७८/७९ मा भने १४ करोड ८९ लाख ९४ हजार ८७ रुपैयाँ आम्दानी गरेको थियो।  उक्त आवमा सदस्यता, लेबी र नवीकरण शुल्कबापत ७ करोड ४३ लाख ३ हजार ५ सय १ रुपैयाँ, चन्दा तथा सहयोगबापत ६ करोड ६८ लाख २४ हजार रुपैयाँ, प्रकाशन बिक्रीबाट ११ लाख ४९ हजार ४ सय रुपैयाँ र ब्याज आम्दानीबापत ६७ लाख १७ हजार १ सय ८५ रुपैयाँ आम्दानी भएको प्रतिवेदनमा उल्लेख छ।

अघिल्लो आर्थिक वर्षमा १४ करोड २ लाख ३४ हजार ३४ रुपैयाँ कमाएको कांग्रेसले  यस वर्ष ४ करोड ३५ लाख १८ हजार ८२४ रुपैयाँ कम आम्दानी गरेको हो। कांग्रेसले आफ्नो रकम निर्वाचन, अधिवेशन, कार्यालय सञ्चालन, भ्रातृ संगठन, ह्रास तथा अपलेखनमा खर्च हुने गरेको जनाएको छ।

प्रकाशित: ९ फागुन २०८० ७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast