फिल्म ‘खुस्मा’ को छायांकन मनाङबाट

हिमाल प्रेस १६ माघ २०८० १७:५१ | Tuesday, January 30, 2024
फिल्म ‘खुस्मा’ को छायांकन मनाङबाट

मनाङ- फिल्म ‘खुस्मा’ को पहिलो तालिकाअन्तर्गतको छायांकन सुरु भएको छ। जसअनुसार यही माघको १० गतेदेखि मनाङबाट फिल्मको छायांकन सुरुआत गरिएको हो।

हिउँका दृश्य फिल्ममा राख्नुपर्ने भएकाले मनाङबाट को छायांकन सुरु गरिएको निर्माण पक्षले जनाएको छ। नायक धीरज मगर र नायिका उपासना सिंह ठकुरी फिल्ममा पहिलोपटक एकसाथ देखिन थालेको निर्माण पक्षको भनाइ छ।

यस फिल्मलाई नवनिर्देशक अशोक थापा मगरले निर्देशन गरेका हुन्। मनाङमा १० दिन विभिन्न स्थानको दृश्य खिचेर निर्माण युनिट रुकुम जाने बताइएको छ। यस फिल्ममा बेताने मगर, चन्द्र भट्टचन, मोहन राई, सुस्मिता बुढाथोकी निर्माताका रूपमा रहेका छन्।

फिल्म एस डी योगीको संगीत र दीपक बज्राचार्यले छायांकन गर्नेछन्। फिल्ममा अस्तित्व भट्टचन, खड्कबहादुर पुन, अरुण मगरलगायत कलाकारको पनि अभिनय रहने बताइएको छ।

प्रकाशित: १६ माघ २०८० १७:५१ | Tuesday, January 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast