हेर्नुहोस् तरकारी र फलफूलको मूल्यसूची

हिमाल प्रेस ११ माघ २०८० ७:५७ | Thursday, January 25, 2024
हेर्नुहोस् तरकारी र फलफूलको मूल्यसूची फाइल तस्बिर

काठमाडौँ- नेपाली ठूलो गोलभेँडाको तुलनामा भारतीय ठूलो गोलभेँडाको भाउ फेरि महँगिएको छ।

केही दिनदेखि नेपाली र भारतीय ठूलो गोलभेँडाको भाउ समान रहँदै आएकोमा बिहीबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार भारतीय ठूलो गोलभेँडा किलोमा १० रुपैयाँ महँगिएको हो।

मूल्यसूची अनुसार आज नेपाली ठूलो गोलभेँडाको भाउ ५० देखि ६० रुपैयाँ किलो कायम रहँदा भारतीय ठूलो गोलभेँडाको भाउ ६० देखि ७० रुपैयाँ प्रतिकिलो छ।

नेपाली सानो गोलभेँडाको भाउ २० देखि ३० रुपैयाँ प्रतिकिलो तोकिएको छ भने भारतीय सानो गोलभेँडाको भाउ २५ देखि ३० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

आज रातो आलुको भाउ सामान्य घटेको छ। किलोको ३३ देखि ३५ रुपैयाँमा कारोबार हुँदै आएको रातो आलुको भाउ आज ३० देखि ३३ रुपैयाँ छ। भारतीय रो आलुको भाउ २ रुपैयाँ घटेर प्रतिकिलो २८ देखि३० रुपैयाँ तोकिएको छ।

भारतीय प्याजको भाउ भने आज पनि स्थिर छस किलोको ७५ देखि ८० रुपैयाँ मूल्य तोकिएको छ।

त्यस्तै बन्दा, काउली, गाजर, मुला, भन्टा लगायतका तरकारीको भाउ आज घटबढ भएको छैन ।

मटरकोशाको भाउ भने किलोमा २० रुपैयाँले बढेको छ। बुधबार ९० देखि १०० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको मटरकोशाको आजको भाउ ११० देखि १२० रुपैयाँ प्रतिकिलो छ।

तितो करेलाको भाउ किलोमा १० रुपैयाँ घटेको छ। आज यसको भाउ ११० देखि १२० रुपैयाँ प्रतिकिलो छ।

रायोको साग १० रुपैयाँ महँगिएर किलोको ४० देखि ५० रुपैयाँ, तोरीको साग ४० देखि ५० रुपैयाँ, पालुगो, चमसुर, मेथी र सौफको सागको भाउ स्थिर रही किलोको ९० देखि १०० रुपैयाँ तोकिएको छ।

यस्तो छ आज तरकारीको भाउः

 

प्रकाशित: ११ माघ २०८० ७:५७ | Thursday, January 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast