फाइल तस्बिर।
काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १५ गतेदेखि सुरु हुने भएको छ। आइतबार बसेको बोर्ड बैठकले चैत १५ देखि २७ गतेसम्म एसईई सञ्चालन गर्ने निर्णय गरेको हो।
बोर्डको तालिकाअनुसार एसईई चैतको पहिलो हप्तादेखि नै गर्नुपर्ने हुन्छ। तर चैत ११ र १२ गते फागुपूर्णिमा पर्ने भएकाले त्यसपछिमात्रै परीक्षा गर्ने निर्णय भएको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए।
एसईईका लागि ४ लाख ८९ हजार ४४४ जनाले रजिस्ट्रेसन फाराम भरेका छन्। तीमध्ये २ लाख ४६ हजार ४ जना छात्र र २ लाख ४३ हजार ४४० जना छात्रा छन्।
रुटिन हेर्नुहाेस्
प्रकाशित: ८ माघ २०८० १२:२७ | Monday, January 22, 2024
प्रतिक्रिया



