धनुषामा गोली चल्दा एक जनाको मृत्यु

हिमाल प्रेस ९ पुष २०७९ २०:३८ | Saturday, December 24, 2022
धनुषामा गोली चल्दा एक जनाको मृत्यु सांकेतिक तस्बिर।

जनकपुरधाम– धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा अज्ञात व्यक्तिले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। गोली लागी मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर २का धनुष दासको मृत्यु भएको हो।

गोली लागी घाइते भएका ४० वर्षिय दासको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। छ। गोली चलाएको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: ९ पुष २०७९ २०:३८ | Saturday, December 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast