वन अधिकृतले कमाए अकुत सम्पत्ति, अख्तियारद्वारा मुद्दा दायर

हिमाल प्रेस २३ पुष २०८० १७:२९
28
SHARES
वन अधिकृतले कमाए अकुत सम्पत्ति, अख्तियारद्वारा मुद्दा दायर

काठमाडौँ– एक करोड रुपैयाँभन्दा बढी अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग एक वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत (अधिकृत दशौं तह) दीर्घ नारायण कोइरालाविरुद्ध अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनले १ करोड २५ लाख ९६ हजार ३५३ रुपैयाँ अकुत सम्पत्ति कमाएको भन्दै सोही बराबरीको बिगो कायम गर्दै मुद्दा दायर गरिएको छ।

कोइरालाले सार्वजनिक सेवामा स्थायी नियुक्ति लिएको मिति २०४६ जेठ २२ गतेदेखि २०७८ फागुन १२ गतेसम्को उनको आमदानी तथा खर्च लगानीको विश्लेषण गर्दा एक करोड २५ लाख रुपैयाँ भन्दा बढी अकुत सम्पत्ति देखिएको अख्तियारको दाबी छ।

सबै प्रकारको आम्दानीलाई कूल गर्दा उक्त समयमा उनले ८१ लाख ८६ हजार ९९६ रुपैयाँ आर्जन गरेको देखिन्छ। तर सोही जाँच अवधिको खर्चको विवरण केलाउँदा २ करोड ७ लाख ८३ हजार ३४९ रुपैयाँ देखिएकाले उनले एक करोड २५ लाख रुपैयाँभन्दा बढी रकम भ्रष्टाचार गरी कमाएको दाबी गर्दै मुद्दा दायर गरिएको छ।

साथै कोइरालाले सार्वजनिक सेवाको पदमा रहेर भ्रष्टाचारजन्य कार्य गरी गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती गीता पौडेल कोइरालासमेतको नाममा लगानी गरेकाले सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनलाई समेत प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ।

प्रकाशित: २३ पुष २०८० १७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast