नापी कार्यालयका पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा

हिमाल प्रेस २३ पुष २०८० १७:१५
18
SHARES
नापी कार्यालयका पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको बुटवलस्थित नापी कार्यालयका तत्कालीन नापी निरीक्षक ध्रुवराज मरासिनीसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

उनीहरूले गैरकानुनी लाभ तथा हानी एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा नापी कार्यालय बुटवलका तत्कालीन सर्वेक्षक शिवनाथ मण्डल, तत्कालीन अमिन शौकत अलि खाँ, जग्गाधनी नन्दबहादुर कालाथापा र जग्गाधनी मानप्रसाद श्रेष्ठ छन्।

बुटवल उपमहानगरपालिका–१३ को सार्वजनिक जग्गा बुटवल क्षेत्र हेर्ने नापी कार्यालयका अमिनले अन्य जग्गाधनीहरूसँग मिलेमतो गरी उक्त जग्गा फिल्डमा नभएको जानकारी गराएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धान हुँदा उनीहरूले अनियमितता गरेको भेटिएपछि अख्तियारले मुद्दा दायर गरेको हो।

प्रकाशित: २३ पुष २०८० १७:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast