आजको मौसम : चिसो बढ्यो, केही स्थानमा वर्षाको सम्भावना

हिमाल प्रेस ९ पुष २०७९ ७:०६ | Saturday, December 24, 2022
आजको मौसम : चिसो बढ्यो, केही स्थानमा वर्षाको सम्भावना फाइल तस्बिर।

काठमाडौँ- हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ।
आज लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। तराईका थोरै भूभागमा हुस्सुर कुहिरो लागेको छ।

आज दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रकाशित: ९ पुष २०७९ ७:०६ | Saturday, December 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast