बागलुङ पुगे राष्ट्रपति

हिमाल प्रेस ११ पुष २०८० १२:०२ | Wednesday, December 27, 2023
बागलुङ पुगे राष्ट्रपति फाइल तस्बिर

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल सातौं बागलुङ महोत्सवको उद्‌घाटनका लागि बागलुङ पुगेका छन्।

आज बिहान १० बजेर २ मिनेटमा नेपाली सेनाको हेलिकप्टरमार्फत बागलुङ पुगेका ​राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल लगायतले स्वागत गरेका थिए ।

राष्ट्रपति पौडेलले बागलुङ कालिका मन्दिरको दर्शन गर्नुका साथै पूर्जाअर्चना गर्नेछन् । मन्दिरको दर्शनलगत्तै बागलुङ नगरपालिका–४ कुँडुलेस्थित सालिग्राम सङ्ग्रहालयको अवलोकन गर्ने कार्यक्रम रहेको उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिए।​

कोरोना संक्रमणका कारण अघिल्लो पटक हुन नपाएको महोत्सव चार वर्षपछि फेरि हुन लागेको हो । यस अघि विसं २०७६ मा महोत्सव भएको थियो ।

महोत्सव आजदेखि सुरु भएर पुस २१ गतेसम्म चल्ने अध्यक्ष कँडेलको भनाइ छ। महोत्सवमा एक सय २० भन्दा बढी कक्ष रहने छन्। महोत्सवको करिब सात लाख दर्शकले अवलोकन गर्ने अनुमान छ।

प्रकाशित: ११ पुष २०८० १२:०२ | Wednesday, December 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast