बालगायक सचिन परियारको स्वास्थ्यमा जटिल समस्या, उपचार खर्च अभाव

हिमाल प्रेस ८ पुष २०७९ ८:४४ | Friday, December 23, 2022
बालगायक सचिन परियारको स्वास्थ्यमा जटिल समस्या, उपचार खर्च अभाव

काठमाडौँ- भाइरल बालगायक सचिन परियार अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा जटिल समस्या देखिएपछि उनलाई महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो।

बुधबार अस्पताल भर्ना भएका परियारको अवस्थामा अहिले पनि सुधार हुन सकेका छैन। परियारको टाउकोमा समस्या देखिएको छ।

उनको अवस्था नराम्रोसँग बिग्रिएको उनी नजिक कमल सरगमले जानकारी दिए। कमलले सामाजिक संजालमा एक पोष्ट गर्दै सचिनको अवस्था पिडादायक रहेको र खर्चको अभावमा राम्रो उपचार हुन नसकिरहेको उल्लेख गरेका छन्।

विभिन्नदातामार्फत उनलाई उपचार खर्च जुटाउन थालिएको छ। इसा फाउन्डेसनलगायतले उनको उपचारका लागि खर्च जुटाइरहेका छन्।

 

प्रकाशित: ८ पुष २०७९ ८:४४ | Friday, December 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast