चन्द्र घले समूहले १३८ किलो सुन नेपाल भित्र्याइसके

हिमाल प्रेस ८ पुष २०८० १५:२७ | Sunday, December 24, 2023
चन्द्र घले समूहले १३८ किलो सुन नेपाल भित्र्याइसके लुकाएर ल्याएको सुन निकाल्दै चन्द्र घले।

काठमाडौँ- केही दिन अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद १४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चन्द्र घले ६० पटकसम्म दुबई–काठमाडौं ओहोरदोहार गरेको पाइएको छ। सुन तस्करी छानबिनका लागि गठित समितिले आइतबार पत्रकार सम्मलेन गर्दै उक्त कुरा जानकारी गराएको हो।

१४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुमाथि छानबिन गर्ने क्रममा उक्त कुरा खुलेको समितले जनाएको छ। त्यसैगरी पक्राउ परेकामध्ये कृष्णकुमार गुरुङको साथबाट १७ थान पासपोर्ट समेत बरामद भएको छ। उनी बैंकिङ कसुरमा समेत संलग्न रहेको देखिएको छानबिन समितिले जनाएको छ।

अब यो प्रकरणको थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्राचार गरिने समितिले जनाएको छ। त्यसैगरी दुबईबाट सुन पठाउने काम अंकित अग्रवाल नाम गरेका व्यक्तिले गरेको समितिले जनाएको छ।

नेपालको विमानस्थलमा सेटिङ मिलाउने काम भने डीबी गुरुङ भन्ने व्यक्तिले गर्ने गरेको पाइएको समितिले जनाएको छ। त्यसका लागि ३० वर्षभन्दा बढी जागिर खाएको कर्मचारीको प्रयोग गरिएको, रिटायर्ड भएपछि पनि त्यही राखिएकाहरुलाई प्रयोग गरेको खुलेको समितिले जनाएको छ।

यो गिरोहले एक पटकमा ५ किलोदेखि १४ किलोसम्म सुन ल्याउने गरेको समितिको छानबिनबाट देखिएको छ। यो समूहले अहिलेसम्म १३८ किलो सुन नेपाल भित्र्याइसकेको पाइएको छ।

त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुई जना पक्राउ

विमानस्थलबाट बरामद १४ किलो सुन कसको हो?

प्रकाशित: ८ पुष २०८० १५:२७ | Sunday, December 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast