दशगजा नजिकै किशोर मृत फेला

हिमाल प्रेस २ पुष २०८० ८:५४ | Monday, December 18, 2023
दशगजा नजिकै किशोर मृत फेला प्रतीकात्मक तस्बिर।

सर्लाही- सर्लाही सदमुकाम मलंगवामा नेपाल-भारत सीमा नजिकै एक किशोर मृत अवस्थामा फेला परेका छन्।

मलंगवा नगरपालिका–८, स्थित प्रहरी चौकी गोरखकालीदेखि पूर्वतर्फ अन्दाजी २०र२१ वर्षका तराई मुलको जस्तो देखिने किशोर मृत फेला परेका हुन्। मुखबाट फिज काडेको अवस्थामा जिन्स पाइन्ट र कालो सर्ट लगाएका किशोरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ।

मृतकको शव कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको छ।

युवकको परिचय खुलाउन मातहतका सम्पूर्ण प्रहरी युनिटमा हुलिया पत्राचार गरी स्थानीयवासीसँग सोधखोज गरिरहेको सर्लाही प्रहरीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पन्जियार थारुले जानकारी दिए।

प्रकाशित: २ पुष २०८० ८:५४ | Monday, December 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast