करिब आधा किलो सुनसहित हेटौँडाबाट दुई जना पक्राउ

हिमाल प्रेस २९ मंसिर २०८० १५:५५ | Friday, December 15, 2023
करिब आधा किलो सुनसहित हेटौँडाबाट दुई जना पक्राउ

काठमाडौँ– करिब आधा किलो सुनसहित मकवानपुरबाट दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ। हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेबाट सुनसहित दुई जनालाई शुक्रबार बिहान मकवानपुर प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा धनुषा सबैला नगरपालिका–२ का हितेसकुमार साह र भारत पञ्जाबका तर्सिम सिंह रहेका छन्। सवारीसाधन जाँच गर्ने क्रममा वीरगञ्जबाट आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख १७२७ नम्बरको बसमा सवार साहलाई जुत्ताभित्र लुकाई ल्याएको करिब ४ सय ५० ग्राम सुनका गहनासहित पक्राउ गरिएको हो।

सुनको ब्रास्लेट ९ थान र ना ५ ख ६२१७ नम्बरको बसमा सवार सिंहलाई झोलाभित्र लुकाइ ल्याएको करिब ४० ग्राम सुनसहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूसँग सम्बन्धित केही व्यक्तिमाथि पनि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ मंसिर २०८० १५:५५ | Friday, December 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast