एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

हिमाल प्रेस १४ मंसिर २०८० १५:०० | Thursday, November 30, 2023
एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक नेकपा(एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक आह्वान गरेको छ। एकीकृत समाजवादीका कार्यालय सचिव जीवनराम श्रेष्ठका अनुसार बैठक यही मंसिर १८ गते बस्ने तय भएको छ। बैठक केन्द्रीय कार्यालय आालोकनगरमा बिहान ११ः३० बजे बस्नेछ। बैठकमा पार्टीको महाधिवेशन, राष्ट्रियसभा निर्वाचनलगायतका विषयमा छलफल हुने श्रेष्ठले जानकारी दिए।

एकीकृत समाजवादीले पार्टीको महाधिवेशन माघको १४–१८ गतेसम्म गर्ने निर्णय गरिसकेको छ। तर, महाधिवेशनको मिति सार्ने तयारी भइरहेको नेताहरु बताउँछन्। ‘महाधिवेशनबारे छलफल गर्ने सचिवालय बैठकको एजेन्डा छ। त्यसबारे थप निर्णय सोही बैठकबाट हुनेछ,’ श्रेष्ठ भन्छन्।

प्रकाशित: १४ मंसिर २०८० १५:०० | Thursday, November 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast