समानतामा आधारित न्यायपूर्ण समाज निर्माण गरौँ : राष्ट्रपति

हिमाल प्रेस ९ मंसिर २०८० ८:२५ | Saturday, November 25, 2023
समानतामा आधारित न्यायपूर्ण समाज निर्माण गरौँ : राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेल। फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कानुनमा उल्लेखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैंगिक हिंसाविरुद्धको अभियानको शुभकामना दिँदै उनले संविधानको मर्म र भावना अनुसार महिलालाई आर्थिक रूपले आत्मनिर्भर बनाउने तथा असमान शक्ति संरचना परिवर्तन गर्नेतर्फ लाग्नुपर्ने बताएका छन्।

उनले समानतामा आधारित, न्यायपूर्ण, सभ्य र समुन्नत समाजको निर्माण गर्नेतर्फ अग्रसर हुन सबैमा आह्वान गरेका छन्।

महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि क्रियाशील सरकारी निकाय, सामाजिक संघसंस्था, नागरिक समाज तथा महिला अधिकारकर्मीका साथै विभिन्न सञ्चार माध्यमलाई यस दिवसले थप उत्साहका साथ काम गर्न प्रेरणा प्रदान गर्ने विश्वास लिएका छन्।

प्रकाशित: ९ मंसिर २०८० ८:२५ | Saturday, November 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast