डा. थापाको जीवनीमा आधारित पुस्तक ‘राष्ट्र-परराष्ट्र’को लोकार्पण

हिमाल प्रेस ५ मंसिर २०८० १८:२८ | Tuesday, November 21, 2023
डा. थापाको जीवनीमा आधारित पुस्तक ‘राष्ट्र-परराष्ट्र’को लोकार्पण

काठमाडौँ- वरिष्ठ अर्थशास्त्री एवं कूटनीतिज्ञ डा. भेषबहादुर थापाको जीवनीमा आधारित ‘राष्ट्र-परराष्ट्र’ पुस्तक आज (मंगलबार) सार्वजनिक भएको छ। डा. थापाले २०६० को दशकदेखि करिब ४० वर्ष नेपालको प्रशासनिक, आर्थिक तथा कूटनीतिक क्षेत्रमा पुर्‍याएको योगदान, भूमिका र अनुभवलाई पुस्तकमा समेटिएको छ।

विमोचन समारोहमा सांसद् एवं अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक तथा कूटनीतिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका डा. थापाको जीवनीमा आधारित महत्त्वपूर्ण पुस्तकबाट सम्पूर्ण नेपाली लाभान्वित हुने धारणा व्यक्त गरे।

सांसद सुमना श्रेष्ठले डा. थापाको जीवनीमा आधारित पुस्तक हाम्रो र भावी पुस्ताका लागि महत्त्वपूर्ण ग्रन्थ हुने उल्लेख गरिन्। साथै घटनाक्रमलाई विस्तृतरूपमा समेटेर पुस्तकको भाग-२ प्रकाशित गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराइन्।

अर्थशास्त्री डा. थापाले आफ्नो व्यक्तिगतभन्दा पनि व्यावसायिक जीवनमा देखेका, भोगेका, अनुभवजन्य महत्त्वपूर्ण घटनाक्रम पुस्तकमा समेटिएको जानकारी दिए। पत्रकार सुधीर शर्माले शासकभन्दा राज्यप्रति बफादर देखिएका बौद्धिक व्यक्तित्व डा. थापाले नेपालको आर्थिक तथा कूटनीतिक क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएको बताए।

पत्रकार हरिबहादुर थापाद्वारा सम्पादित सो पुस्तक फाइन प्रिन्टले प्रकाशन गरेको हो।

प्रकाशित: ५ मंसिर २०८० १८:२८ | Tuesday, November 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast