मुगुको लोकप्रिय माविमा पुस्तकालय स्थापना

हिमाल प्रेस ४ मंसिर २०८० १५:३४
10
SHARES
मुगुको लोकप्रिय माविमा पुस्तकालय स्थापना फाइल तस्बिर

काठमाडौँ- मुगुको खत्याड गाउँपालिकास्थित लोकप्रिय माध्यमिक विद्यालयमा मष्टा सामुदायिक पुस्तकालय स्थापना गरिएको छ।

मधुवन प्रकाशन, काठमाडौँ उपत्यका सार्वजानिक पुस्तकालय, सावलाबुङ पुस्तकालय अभियानलगायत विभिन्न संघसंस्था र दाताको सहयोगमा जिल्लामा पहिलो पटक स्थापित सो पुस्तकालयको सांसद ऐनबहादुर शाहीले आइतबार शुभारम्भ गरेका थिए।

पुस्तकालय स्थापनार्थ मुगुस्थित मष्टा समाजसेवी युवा क्लबले विशेष अभियान सञ्चालन गरेको थियो।

हालसम्म सो पुस्तकालयमा विभिन्न विधाका लगभग दुईहजार ४०० पुस्तक संकलन भइसकेको जनाइएको छ। विसं २०१६ मा स्थापित सो विद्यालयमा हाल करिब ९ सय विद्यार्थी अध्ययनरत छन्।

सो अवसरमा सांसद शाहीले पुस्तकालयको आफ्नै भवन निर्माण र पुस्तकालयका लागि आवश्यक थप पुस्तक व्यवस्था गर्न आफूले सहयोग गर्ने जानकारी दिए।

सो अवसरमा गाउँपालिकाका कार्यवाहक अध्यक्ष भरतबहादुर शाही, जिल्ला समन्वय समितिका सदस्यद्वय कर्णप्रसाद माठागाई र ध्रुव विश्वकर्मा तथा खत्याड–७ का वडाध्यक्ष गोविन्दप्रसाद सञ्ज्याल, विद्यालयका प्रधानाध्यापक टंकप्रसाद सञ्ज्याल, क्लबका अध्यक्ष नरबहादुर रावत तथा अभियानका संयोजक टेकेन्द्र उपाध्यायले पुस्तकालयलाई सहयोग गर्न सबैसित आग्रह गरे।

प्रकाशित: ४ मंसिर २०८० १५:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + five =