मोरङमा सुन पसलमा आगलागी हुँदा २७ जना घाइते, ६ जना गम्भीर

हिमाल प्रेस २७ कार्तिक २०८० १८:५० | Monday, November 13, 2023
मोरङमा सुन पसलमा आगलागी हुँदा २७ जना घाइते, ६ जना गम्भीर

काठमाडौँ- मोरङको उर्लाबारीमा एक पसलमा भएको आगलागीमा परेर २७ जना घाइते भएका छन्। उर्लाबारी–७ स्थित सुन पसलमा आइतबार राति साढे १० बजे भएको आगलागीमा २७ जना घाइते भएका हुन्।

उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको हिमाल प्रेसलाई जानकारी दिए। ‘पसलभित्र आगो लागेको थाहा पाएपछि ह्वात्तै सटर खोल्दा भित्रबाट आएको आगोको मुस्लोले २७ जनालाई भेट्टाएछ,’ उनले भने, ‘६ जनाको अवस्था चिन्ताजनक छ। १४ जनालाई काठमाडौँ र १ जनालाई थप उपचारका लागि भारतको पटना पठाइएको छ।’

 

अन्य सामान्य घाइतेको बीएण्डसी अस्पतालमा उपचार भइरहेको मेयर खरेलले जानकारी दिए। ‘सुन पसलमा लक्ष्मी पूजा गरेर त्यस्तै छोडेको रहेछ। त्यतैबाट केही भएर आगो लागेजस्तो देखिएको छ,’ खरेलले भने, ‘यसमा प्रहरीले अनुसन्धान गरिरहेको छ।’

उनका अनुसार ३ तलाको घरमा भुइ तलादेखि नै पुरै आगो भएर बाहिर धुवाँ आउन थालेपछिमात्रै स्थानीयले थाहा पाएका थिए। ‘त्यो घरबाट अर्कोतिर निस्किने ठाउँ नभएको हुनाले समस्या भयो,’ उनले भने। घाइतेहरूलाई सोमबार विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ।

प्रकाशित: २७ कार्तिक २०८० १८:५० | Monday, November 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast