तिहारमा प्रधानमन्त्रीको शुभकामना : सांस्कृतिक आधार तयार पार्न तिहारको भूमिका रहन्छ

हिमाल प्रेस २७ कार्तिक २०८० ९:५७
4
SHARES
तिहारमा प्रधानमन्त्रीको शुभकामना : सांस्कृतिक आधार तयार पार्न तिहारको भूमिका रहन्छ

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तित राजनीतिक व्यवस्थाको रक्षा एवं सुदृढीकरण गर्दै समाजवादको वैचारिक, राजनीतिक, आर्थिक एवं सांस्कृतिक आधार तयार पार्न तिहार लगायतका पर्वको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरेका छन् ।

सोमबार बिहान तिहारको शुभकामना दिँदै उनले यस्तो विश्वास व्यक्त गरेका हुन् ।

‘नेपाली जनताको निकै ठूलो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रले आन्तरिक राष्ट्रियतालाई सुदृढ गर्दै देशको स्वाधीनता र स्वाभिमान उच्च राख्न हामीलाई निकै ठूलो आधार प्रदान गरेको छ,’ उनले भनेका छन्, ‘तसर्थ, परिवर्तित राजनीतिक व्यवस्थाको रक्षा एवं सुदृढीकरण गर्दै समाजवादको वैचारिक, राजनीतिक, आर्थिक एवं सांस्कृतिक आधार तयार पार्न तिहार लगायतका पर्वहरूको महत्वपूर्ण भूमिका रहने मेरो गहिरो विश्वास छ ।’

प्रधानमन्त्री प्रचण्डले नेपालका विविध जाति, जनजाति र समुदायले मनाउने राष्ट्रिय पर्वहरू प्राकृतिक सम्पदा र ऐतिहासिकतामा आधारित रहँदै आएको पनि उल्लेख गरेका छन् ।

प्रकाशित: २७ कार्तिक २०८० ९:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − one =