सर्वोच्च अदालतको नयाँ भवन।
काठमाडौँ- तत्कालीन आईजीपी दानबहादुर कार्कीले पुनर्वहाली माग गर्दै दायर रिट सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
कार्कीले प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ विपरीत आफूलाई पदबाट हटाइएको भन्दै महानिरीक्षक पदमा पुनर्बहालीका लागि र नवनियुक्त महानिरीक्षकलाई कामकाज नगर्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन्। वालेन्द्र शाह सरकारले डा. मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गर्दै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएको थियो ।

प्रकाशित: २ मंसिर २०८३ १०:२२ | Wednesday, November 18, 2026
प्रतिक्रिया



