सीमा क्षेत्रमा बेवारिसे अवस्थामा फेला पर्‍यो २७ थान गोली

हिमाल प्रेस २ मंसिर २०८३ ९:२८ | Wednesday, November 18, 2026
सीमा क्षेत्रमा बेवारिसे अवस्थामा फेला पर्‍यो २७ थान गोली प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- रौतहटको गौर नगरपालिका–१ स्थित कानुपट्टी सीमा क्षेत्रबाट एमएम गोलीजस्तो देखिने २७ थान गोली बरामद गरिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेड क्वाटर गौर र भन्सार सुरक्षा गार्ड गौरबाट खटिएको संयुक्त गस्ती टोलीले सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा मंगलबार उक्त गोली फेला पारेको हो।

गस्ती टोलीले कानुपट्टी सीमा क्षेत्रमा बेवारिसे अवस्थामा रहेको सेतो प्लास्टिकको झोलाभित्र ९ मिमि राउन्ड जस्तो देखिने २७ थान गोली फेला पारेको जनाएको छ ।

बरामद गरिएका गोली कसले, कुन प्रयोजनका लागि र कसरी उक्त स्थानमा छाडेको भन्ने विषयमा थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने छ।

 

प्रकाशित: २ मंसिर २०८३ ९:२८ | Wednesday, November 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast