रौतहटमा जग्गा विवादलाई लिएर झगडा हुँदा एकको मृत्यु

हिमाल प्रेस २४ असार २०८३ ९:०३ | Wednesday, July 8, 2026
2
SHARE
रौतहटमा जग्गा विवादलाई लिएर झगडा हुँदा एकको मृत्यु

काठमाडौँ- रौतहटमा जग्गा विवादलाई लिएर झगडा हुँदा एकजनाको मृत्यु भएको छ। जग्गाको साँधलाई लिएर चक्कु प्रहार हुँदा ६० वर्षीय वुटन साहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मंगलबार बेलुका सवा १० बजे जिल्लाको इसनाथ नगरपालिका–३ औरैयामा रामबहादुर साह, उनकी छोरी ज्वाईं वुटन साह र रामाऔतार साह तथा उनका छोरा राम महेश्वर साहबीच जग्गाको विषयमा झगडा भएको थियो ।

कुटपिटका क्रममा राम महेश्वर साहले वुटन साहलाई पिठ्युमा चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वसन्त गौतमले जानकारी दिए। घाइते भएका साहलाई उपचारको लागि प्रादेशिक अस्पताल गौरमा पठाएकोमा उपचारको क्रममा ११ उनको मृत्यु भएको गौतम बताए।

रामबहादुर साहलाई टाउकोमा चोट लागेको छ। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। चक्कु प्रहार गर्ने राम महेश्वर साह र रामाऔतार साहलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित: २४ असार २०८३ ९:०३ | Wednesday, July 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast