झगडा छुट्याउने क्रममा युवकको मृत्यु

हिमाल प्रेस १२ जेठ २०८३ ११:२८ | Tuesday, May 26, 2026
12
SHARES
झगडा छुट्याउने क्रममा युवकको मृत्यु

रौतहट- रौतहटमा झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका–४ का ३० वर्षीय विष्णु सुवेदी रहेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार घटना झगडा छुट्याउने क्रममा भएको हो ।

सोही क्रममा बारा, निजगढ नगरपालिका–६ का ३८ वर्षीय विमल मोक्तानले सुवेदीलाई धकेलेका थिए। धकेलिँदा गम्भीर चोट लागेपछि सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ ।

प्रकाशित: १२ जेठ २०८३ ११:२८ | Tuesday, May 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast