जापानमा ५.७ म्याग्निच्युडको भूकम्प

हिमाल प्रेस २२ कार्तिक २०८३ १२:१० | Sunday, November 8, 2026
4
SHARES
जापानमा ५.७ म्याग्निच्युडको भूकम्प

मध्य जापानमा आइतबार बिहान ५.७ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पमा दर्जनौँ मानिस घाइते भएको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

घटनापछि सरकारले प्रभावित क्षेत्रको अवस्था आकलन र उद्धार तथा राहत कार्य समन्वय गर्न आपत्कालीन सम्पर्क कार्यालय स्थापना गरेको छ ।

जापान मौसम विज्ञान एजेन्सी (जेएमए)का अनुसार स्थानीय समयअनुसार बिहान १ः०४ बजे गएको भूकम्पको केन्द्रविन्दु शिजुओका प्रान्तको पश्चिमी क्षेत्रमा जमिनबाट करिब ४० किलोमिटर गहिराइमा थियो ।

भूकम्पको तीव्रता आइची प्रान्तको चितामा जापानको भूकम्पीय तीव्रता मापन प्रणालीअनुसार ‘अपर ५’ र आइची, नागानो तथा गिफु प्रान्तका केही क्षेत्रमा ‘लोअर ५’ मापन गरिएको थियो ।

यसले मध्य जापानका विभिन्न क्षेत्रमा शक्तिशाली धक्का महसुस भएको देखाउने बताइएको छ । मुख्य भूकम्पपछि केही परकम्पसमेत गएको बताइएको छ ।

जेएमएका अनुसार, भूकम्पबाट सुनामीको खतरा भने नरहेको बताइएको छ ।

प्रकाशित: २२ कार्तिक २०८३ १२:१० | Sunday, November 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast