७ वर्षीय छोरालाई माउन्ट फुजीमा घण्टौँसम्म एक्लै छाड्ने बाबुले मागे माफी

हिमाल प्रेस ६ भदौ २०८३ १२:०९ | Saturday, August 22, 2026
७ वर्षीय छोरालाई माउन्ट फुजीमा घण्टौँसम्म एक्लै छाड्ने बाबुले मागे माफी

टोकियो- जापानमा एक व्यक्तिले आफ्ना ७ वर्षीय छोरालाई माउन्ट फुजी आरोहणका क्रममा घण्टौँसम्म एक्लै छाडेपछि प्रहरीले अभिभावकीय लापर्वाहीबारे चेतावनी दिएको छ ।

शिजुओका प्रान्तका प्रहरीले बिहीबार माउन्ट फुजीमा ती बालकलाई एक्लै फेला पारेपछि संरक्षणमा लिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय सञ्चारमाध्यम एसबीएस टिभीका अनुसार बालकले आरोहणका क्रममा आफू थाकेको बताएपछि बुबाले उनलाई समुद्री सतहबाट दुई हजार मिटरभन्दा बढी उचाइमा रहेको छैटौँ स्टेशनमा पर्खन भनेका थिए । त्यसपछि बुबा जेठो छोरासँगै आरोहण जारी राखेका थिए ।

टिभी असाहीका अनुसार बालकलाई करिब आठ घण्टासम्म खाजा र पेय पदार्थका साथ त्यहीँ पर्खन भनिएको थियो । उनीसँग पैसा भने थिएन । पहाडी विश्रामस्थलका कर्मचारीले बालकलाई एक्लै देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले माउन्ट फुजीको आठौँ स्टेशनमा रहेका बुबालाई सम्पर्क गरी बालकलाई उनको जिम्मा लगाएको जनाएको छ ।

प्रहरीका अनुसार बुबाले आफ्नो व्यवहारप्रति माफी माग्दै लापर्वाही भएको स्वीकार गरेका छन् । प्रहरीले बालकलाई एक्लै छाड्नु जोखिमपूर्ण हुने भन्दै अभिभावकलाई सावधानी अपनाउन चेतावनी दिएको छ । रासस/एएफपी

प्रकाशित: ६ भदौ २०८३ १२:०९ | Saturday, August 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast