सवारी चालकमाथि ट्राफिकको निगरानी, मापसे गरेर गाडी चलाउने दुई पक्राउ

हिमाल प्रेस २६ असोज २०८३ ६:३३ | Monday, October 12, 2026
6
SHARES
सवारी चालकमाथि ट्राफिकको निगरानी, मापसे गरेर गाडी चलाउने दुई पक्राउ

 काठमाडौँ- मादक पदार्थ सेवन गरी रात्रिबस चलाएको आरोपमा काठमाडौँ उपत्यकाबाट दुई चालक पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले काठमाडौँको नयाँ बसपार्कमा आज गरेको मापसे जाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बलराम चौधरी र लोचन रानामगर छन् ।

ट्राफिक प्रहरीका अनुसार जाँचका क्रममा दुवै चालकले मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका दुवै चालकलाई आवश्यक कानुनी कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कको जिम्मा लगाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए।

“सवारी चालकको हातमा दर्जनौँ यात्रुको जीवन रहेको हुन्छ। चालकको लापरबाहीका कारण यात्रुको जीवन जोखिममा नपारौँ”, उनले भने।

रात्रिकालीन सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुको सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले मापसे जाँचलाई निरन्तरता दिएको जनाएको छ । मापसे गरेर सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले चालकलाई जिम्मेवार भएर सवारी सञ्चालन गर्न प्रहरीले आग्रह गरेको छ ।

 पक्राउ परेका चालकले सञ्चालन गरिरहेका बसका यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन सम्बन्धित यातायात समितिसँग समन्वय गरी आवश्यक सहजीकरण गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित: २६ असोज २०८३ ६:३३ | Monday, October 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast