२४ घण्टामा २ हजार ४०८ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा

हिमाल प्रेस ३१ जेठ २०८३ ६:५५ | Sunday, June 14, 2026
12
SHARES
२४ घण्टामा २ हजार ४०८ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा

काठमाडौँ- बितेका २४ घण्टामा दुई हजार ४०८ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा चार लाख ५८ हजार राजस्व दाखिला भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १४०, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ११६, संकेत बत्ती उल्लंघनकर्ता १३८ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २८४ जनालाई कारबाही गरिएको हो ।

‘लेन’ अनुशासन पालना नगर्ने ८५, निषेधित क्षेत्रमा हर्न बजाउने १०६, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १२४, एकतर्फी सडकमा सवारी चलाउने ११६ र अन्य सवारी नियम पालना नगरेका एक हजार ३३५ जनालाई कारबाही गरिएको हो ।

 

प्रकाशित: ३१ जेठ २०८३ ६:५५ | Sunday, June 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast