प्रस्तावित राजदूत खरेलका विषयमा थप अध्ययन गर्ने समितिको निर्णय

हिमाल प्रेस २८ असोज २०८३ १६:०४ | Wednesday, October 14, 2026
8
SHARES
प्रस्तावित राजदूत खरेलका विषयमा थप अध्ययन गर्ने समितिको निर्णय

काठमाडौँ- संसदीय सुनुवाई समितिले मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलका विषयमा थप अध्ययन गर्ने भएको छ।

बुधबार समिति बैठकमा प्रस्तवित राजदूत खरेलका विषयमाथि विभिन्न प्रश्न उठेपछि थप अध्ययन गरेपश्चात सुनुवाई प्रक्रिया अघि बढाउने निर्णय गरिएको हो। बैठकमा समिति सदस्यहरुले आर्थिक चलखेललगायतका प्रश्न उठाउँदै थप अध्ययन गर्नुपर्ने बताएका थिए।

रास्वपा संसदीय दलका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रस्तावित राजदूत खरेलका विषयमा थप अध्ययन गरेर, आवश्यक परे थप सुनुवाईमा बोलाउन सकिने धारणा राखे।

त्यस्तै नेकपा सांसद वर्षमान पुनले खरेलका विषयमा धेरै विषय उठेकाले थप छलफलको आवश्यकता देखिएको उल्लेख गरे।

त्यस्तै एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले समितिमा उजुरी नपर्दा पनि शंका गर्नुपर्ने धेरै तथ्यहरु सार्वजनिक भइसकेको अवस्थामा थप अध्ययन आवश्यक रहेको बताइन्।

प्रस्तावित राजदूत खरेलले आफूमाथि लागेका सम्पूर्ण आरोपहरुमा कुनै सत्यता नरहेको बताएका थिए। अनुचित कारोबारका कुनै पनि तथ्य प्रमाण भेटिए त्यसलाई पुष्टि गर्न उनले चूनौती दिए। उनले आफूले अनुदान मिलाइने भन्दै कसैसँग रकम नलिएको दाबी गरे।

सांसदहरुले थप अध्ययन गर्नुपर्ने माग राखेपछि समिति सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित राजदूत खरेलका विषयमा थप अध्ययन गर्नुपर्ने भएकोले त्यसपछि मात्रै आवश्यक सुनुवाई प्रक्रिया अघि बढाइने बताए।

प्रकाशित: २८ असोज २०८३ १६:०४ | Wednesday, October 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast