दसैँमा KENT RO को सन्देश- शुद्ध पानी, स्वस्थ परिवार र खुसीका पल

हिमाल प्रेस २८ असोज २०८३ १६:३३ | Wednesday, October 14, 2026
14
SHARES
दसैँमा KENT RO को सन्देश- शुद्ध पानी, स्वस्थ परिवार र खुसीका पल

काठमाडौँ- नेपालीको महान् पर्व बडादसैँ नजिकिँदै गर्दा वाटर प्युरिफायर ब्रान्ड KENT RO ले शुद्ध पानी, स्वस्थ परिवार र खुसीका पललाई प्राथमिकता दिँदै स्वस्थ र सुरक्षित रूपमा मनाउन आह्वान गरेको छ।

परिवार तथा आफन्तसँग भेटघाट गर्ने, मिठा परिकार बाँड्ने र खुसी साटासाट गर्ने दसैँको अवसरमा सफा, शुद्ध र सुरक्षित पिउने पानीको महत्वलाई स्मरण गराउँदै कम्पनीले स्वस्थ जीवनशैली अपनाउन आग्रह गरेको हो।

‘Pure Water for a Healthier Tomorrow’ अर्थात् ‘शुद्ध पानी, स्वस्थ भोलिका लागि’ भन्ने प्रतिबद्धतासहित KENT RO ले आधुनिक प्रविधिमा आधारित विभिन्न वाटर प्युरिफायर उपलब्ध गराउँदै आएको छ। कम्पनीका अनुसार यसको प्रविधिले पानीमा रहेका हानिकारक अशुद्धता हटाउन तथा आवश्यक खनिजहरू कायम राख्न सहयोग गर्ने उद्देश्य राखेको छ।

KENT RO का वाटर प्युरिफायरले परिवारका लागि सुरक्षित र स्वादिलो पिउने पानी उपलब्ध गराउने लक्ष्य राखेका छन्। कम्पनीले पानी शुद्धीकरणको क्षेत्रमा २५ वर्षको अनुभव र उपभोक्ताको विश्वासलाई आफ्नो प्रमुख विशेषताका रूपमा प्रस्तुत गर्दै आएको छ।

कम्पनीको प्रचार सामग्रीमा उल्लेख भएअनुसार सम्बन्धित उत्पादनमा १२ महिनाको वारेन्टीसमेत उपलब्ध छ। KENT ले विभिन्न घरायसी सामग्रीमार्फत परिवारको दैनिक जीवनलाई सहज बनाउने उद्देश्य राखेको जनाएको छ।

दसैँमा घरपरिवारसँगै बसेर खुसी साटासाट गर्ने हरेक पलमा स्वास्थ्य र सरसफाइको महत्वलाई ध्यान दिनुपर्ने सन्देश दिँदै कम्पनीले शुद्ध पानीलाई स्वस्थ जीवनशैलीको महत्वपूर्ण हिस्साका रूपमा लिन आग्रह गरेको छ।

दसैँको अवसरमा KENT RO ले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र पारिवारिक खुसीको शुभकामना व्यक्त गर्दै आफ्ना घरायसी सामग्रीको प्रयोगमार्फत स्वस्थ र सुरक्षित दशैं मनाउन आह्वान गरेको छ।

प्रकाशित: २८ असोज २०८३ १६:३३ | Wednesday, October 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast