काठमाडौँ- आज (आइतबार) पनि देशका केही स्थानमा वर्षाको सम्भावना देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल लाग्नेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, बागमती र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा भने मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
यस्तै आज राति देशका हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, बागमती र कर्णाली प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा, हिमपातको सम्भावना छ। तराईका थोरै भूभागमा बिहानपख हुस्सु लाग्ने सम्भावना छ।
प्रकाशित: २५ असोज २०८३ ६:३० | Sunday, October 11, 2026
प्रतिक्रिया




