कोशी, बागमती र लुम्बिनीमा वर्षा भइरहेको छ : मौसम पूर्वानुमान महाशाखा

हिमाल प्रेस १९ असोज २०८३ ६:२१ | Monday, October 5, 2026
कोशी, बागमती र लुम्बिनीमा वर्षा भइरहेको छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडौँ- मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव परेको जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको असर छ ।

कोशी, मधेस र बागमती प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागमा मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

हाल देशका हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि साधारणतया बादल लागेको महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशका तराई भूभागमा आंशिक बदली रहे पनि बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशका थोरै स्थान र बागमती तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

सोमबार देशका विभिन्न भूभागमा मौसम बदली भई वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिमका हिमाली भूभाग एवं देशका तराई क्षेत्रमा भने आंशिक बादल लाग्ने अनुमान गरिएको छ ।

दिउँसो र रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्छ। ती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षाको आकलन गरिएको छ ।

मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित: १९ असोज २०८३ ६:२१ | Monday, October 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast