काठमाडौँमा निरन्तर वर्षा, कहाँ कहाँ पर्ला पानी?

हिमाल प्रेस २४ असोज २०८३ ६:२९ | Saturday, October 10, 2026
8
SHARES
काठमाडौँमा निरन्तर वर्षा, कहाँ कहाँ पर्ला पानी?

काठमाडौँ- हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँमा रातिदेखि नै वर्षा जारी छ।

जसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ । बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेशका सबै भूभाग तथा देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्ने तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

आज राति देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

प्रकाशित: २४ असोज २०८३ ६:२९ | Saturday, October 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast