सिलिन्डर सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्तालाई राहत, ६ स्थानमा १३ कम्पनीका ग्यास साटफेर हुने

हिमाल प्रेस २४ असोज २०८३ ८:३७ | Saturday, October 10, 2026
20
SHARES
सिलिन्डर सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्तालाई राहत, ६ स्थानमा १३ कम्पनीका ग्यास साटफेर हुने

काठमाडौँ- ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले आइतबारदेखि उपत्यकाका छ स्थानमा विभिन्न १३ वटा कम्पनीका ग्यास साटफेर गर्न सक्ने भएका छन्।

नेपाल एलपी ग्यास उद्योग संघले नेपाल आयल निगमको समन्वय र ग्यास बिक्रेता महासंघको सहकार्यमा उक्त व्यवस्था मिलाएको हो। आइतबारदेखि शनिबारसम्म बिहान ९ः३० देखि अपराह्न ४ः३० सम्म ग्यासको बिक्री वितरण हुनेछ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले फरक ग्यासको सिलिन्डर भएर चिन्तित भएको उपभोक्तालाई चाडपर्वमा ग्यासको सहज आपूर्तिका लागि सिलिन्डर साटफेर गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिए ।

संघका अनुसार उपभोक्ताले काठमाडौंको सिफलस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्सबाट एभरेष्ट र सुगम, पेप्सीकोलाबाट सगर, बालाजु औद्योगिक क्षेत्रबाट नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी, सुकेधाराबाट बाबा र श्री, कलङ्कीबाट साइबाबा र श्रीकृष्ण तथा ललितपुरको हरिसिद्धिबाट श्रीराम ग्यास लिन सक्नेछन्। संघका अध्यक्ष दिवान चन्दले ती स्थानमा काठमाडौं उपत्यकामा बिक्री वितरण हुने सदस्य उद्योगको ग्यासको सिलिन्डरमात्रै साटफेर हुने जानकारी दिए।

प्रकाशित: २४ असोज २०८३ ८:३७ | Saturday, October 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast