आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग २ : नेपालसँग क्यानाडा पराजित

हिमाल प्रेस २५ असोज २०८३ १९:०३ | Sunday, October 11, 2026
आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग २ : नेपालसँग क्यानाडा पराजित

काठमाडौँ- आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग २ अन्तर्गत क्यानाडाविरूद्धको खेलमा नेपालले २४ रनको जित निकालेको छ।

ओमानस्थित अल अमिरत क्रिकेट मैदानमा २३६ रनको लक्ष्य पछ्याएको क्यानाडाले २११ रनमात्र बनाउनसक्यो।

क्यानाडाका लागि आरोन जौनसनले सर्वाधिक ४४ रन बनाए। त्यस्तै समित गोहेल ३५, श्रेयस मोभा २६, हर्ष ठाकर १५, हामजा टारिक २६ र अखिल कुमारले ३० रन जोडे।
नेपालका लागि नन्दन यादव, करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले २–२ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपालले रोहित पौडेलको शतकीय इनिङको मद्तले ३३५ रनको योगफल खडा गरेको थियो। रोहितको अन्तर्राष्ट्रिय एकदवसीयमा यो तेस्रो शतक हो। रोहितले १२७ बलको सामना गर्दै १०१ रन बनाए।

त्यस्तै गुल्शन झाले ४८, वसिर अहमदले ३० रन जोडे। त्यस्तै ओपनिङका लागि अर्जुन कुमालले २३ रनको योगदान दिए। क्यानाडाका लागि अखिल कुमारले सर्वाधिक चार र सुखजिन्दर सिंहले तीन तथा जहिद सेहजादले दुई विकेट लिए।

अब मंगलबार नेपालले ओमनाको सामना गर्नेछ।

प्रकाशित: २५ असोज २०८३ १९:०३ | Sunday, October 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast