मो. फिरदोस आलम
काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मुस्लिमतर्फ केन्द्रीय सहमहामन्त्रीमा डा. मो. फिरदोस आलम निर्वाचित भएका छन्। मुस्लिम खुला केन्द्रीय सदस्यमा डा. अताबुल मन्सुरी, मो. इर्साद अन्सारी र अब्दुल रज्जाक गद्दी निर्वाचित भएको निर्वाचन समितिले बिहीबार जनाएको छ। मुस्लिम महिला केन्द्रीय सदस्यमा जमिला खातुन र सकिना खातुन निर्वाचित भएका छन्।
सहमहामन्त्री (मुस्लिम) तर्फ आलमले तीन हजार तीन सय ४७ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी अब्दुल सत्तारले दुई हजार सात सय २७ र अतहर कमाल मुसलमानले पाँच सय ५७ मत प्राप्त गरेका छन्। प्रतिनिधिसभा सदस्यसमेत रहेका आलम कांग्रेसका तत्कालीन नेता एवम् पूर्वमन्त्री आफताब अलामका छोरा हुन्।
केन्द्रीय सदस्य (मुस्लिम खुला) तर्फ डा. अताबुल मन्सुरीले तीन हजार तीन सय १७ मत प्राप्त गरेका छन्। मो. इर्साद अन्सारीले एक हजार आठ ६३ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।
केन्द्रीय सदस्यमा निर्वाचित हुनेमा अब्दुल रज्जाक गद्दी पनि छन्।
मुस्लिम खुलातर्फ ईश्तियाक अहमद खाँले एक हजार पाँच सय ४४, जमिल अख्तर आजादले एक हजार चार सय ५२, जम्सेर अलिमियाले एक हजार दुई सय तीन, छोटे मियाँ अन्सारीले नौ सय २५ र महमद जवारदिन मिया (मुन्ना) ले आठ सय १५ मत प्राप्त गरेका छन्।
त्यस्तै, मो. मुकिम खानले ६ सय ९३, सहरम राउत गदीले ६ सय ७९, सलाउ दिन मियाँले ६ सय ७५, रहमतुल्ला मियाले पाँच सय ६३, आवेद हुसेनले सात सय २२ र मोहम्मद अकरमले चार सय ५२ मत प्राप्त गरेका छन्। सामुहम्मद मियाले ६ सय ३० मत प्राप्त गरेका छन्।
मुस्लिम महिला केन्द्रीय सदस्यतर्फ जमिला खातुन दुई हजार ८३५ मतसहित निर्वाचित भएकी छन्। सकिना खातुनले दुई हजार एक सय १६ मत प्राप्त गर्दै जित हासिल गरेकी छन्।
महिला केन्द्रीय सदस्यतर्फ यासिबा रहमानले एक हजार आठ सय २७, जमिला मियाँले एक हजार सात सय १८, जन्नतुन निसा धुनियाले एक हजार ६३ र नजबुल खानले ६ सय ९८ मत प्राप्त गरेका छन्।




