प्रधानाध्यापक नियुक्तिका लागि आवेदन आह्वान

हिमाल प्रेस २१ असोज २०८३ १५:४९ | Wednesday, October 7, 2026
प्रधानाध्यापक नियुक्तिका लागि आवेदन आह्वान

मोरङ- जहदा गाउँपालिकाले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा रिक्त प्रधानाध्यापक पदमा नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।

गाउँपालिकाले शिक्षा नियमावली, २०५९ (दसौँ संशोधनसहित) को नियम ९३ को उपनियम २ बमोजिम प्रधानाध्यापक पदपूर्तिका लागि सम्बन्धित तहमा तोकिएको योग्यता पुगेका स्थायी शिक्षकबाट दरखास्त माग गरेको हो।

गाउँपालिकाले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र शिक्षा नियमावलीको अनुसूची १३ को (५) अनुसारको विद्यालय विकास प्रस्तावसहित गाउँ कार्यपालिकाको कार्यालयमा आवेदन पेस गर्न भनेको छ।

माध्यमिक तहको प्रधानाध्यापकका लागि सम्बन्धित विद्यालयको माध्यमिक तहमा स्नातकोत्तर उत्तीर्ण स्थायी शिक्षक वा शिक्षा शास्त्रमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी पाँच वर्ष स्थायी सेवा गरेको हुनुपर्नेछ।

आधारभूत तहका लागि सम्बन्धित विद्यालयको आधारभूत तहमा स्नातक उत्तीर्ण स्थायी शिक्षक वा शिक्षा शास्त्रमा प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी पाँच वर्ष स्थायी सेवा गरेको हुनुपर्ने सूचनामा उल्लेख छ।

आवेदन दस्तुर माध्यमिक तहका लागि २ हजार रुपैयाँ र आधारभूत तहका लागि १ हजार ५०० रुपैयाँ तोकिएको छ।

आवेदनसँग व्यक्तिगत विवरणसहितको निवेदन, विद्यालय विकास प्रस्ताव, शैक्षिक योग्यताका प्रमाणपत्र, स्थायी नियुक्तिपत्र, बढुवा भएको पत्र, तालिमका प्रमाणपत्र तथा शिक्षण अनुभव खुल्ने प्रमाणपत्रका प्रतिलिपि पेस गर्नुपर्नेछ।

सम्बन्धित तहमा आफूले अध्यापन गरेको विषयमा पछिल्लो तीन वर्षको विद्यार्थी उत्तीर्ण प्रतिशत खुल्ने विद्यालयबाट प्रमाणित कागजातसमेत पेस गर्नुपर्नेछ।

प्रकाशित: २१ असोज २०८३ १५:४९ | Wednesday, October 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast