‘सीजेपी’ को प्रदर्शनअघि दिल्लीको केही क्षेत्रमा इन्टरनेट सेवा बन्द

हिमाल प्रेस २३ असोज २०८३ २०:३७ | Friday, October 9, 2026
14
SHARES
‘सीजेपी’ को प्रदर्शनअघि दिल्लीको केही क्षेत्रमा इन्टरनेट सेवा बन्द फाइल तस्बिर

काठमाडौँ- ककरोच जनता पार्टी (सीजेपी) को प्रदर्शनलाई मध्यनजर गरेर भारतको गृह मन्त्रालयले नयाँदिल्लीको केही क्षेत्रमा इन्टरनेट सेवा बन्द गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ।

गृह मन्त्रालयले दिल्लीको ‘जनपथ–कर्तव्य पथ’ आसपास क्षेत्रमा इन्टरनेट सेवा अस्थायी रुपमा बन्द गर्न अनुमति दिएको हो।

गृह मन्त्रालयले जारी गरेको आदेशअनुसार ‘जनपथ–कर्तव्य पथ’ चौबाटोलाई केन्द्र मानेर वरपरको ४ किलोमिटर क्षेत्रभित्र इन्टरनेट सेवा बन्द रहनेछ। शुक्रबार राति १० बजेदेखि शनिबार राति १० बजेसम्म २४ घण्टा इन्टरनेट सेवा बन्द रहने जनाइएको छ।

इन्टरनेट सेवा बन्द गर्ने सरकारको निर्णयप्रति प्रतिक्रिया दिँदै सीजेपीका सहसंयोजक सौरव दासले सरकारको यो कदमलाई युवाहरुको आन्दोलनको प्रभाव बनाएका छन्।

‘भारत सरकार यतिबेला लकडाउनको स्थितिमा छ। यो युवाहरुको शक्तिको परिणाम हो,’ उनले भने,‘हामी भोलिको प्रदर्शनमा सबैलाई भेट्नेछौँ।’

शनिबार हुने भनिएको प्रदर्शनका कारण सुरक्षा व्यवस्था कडा पारिएपछि दिल्लीको सार्वजनिक यातायात प्रणालीसमेत प्रभावित भएको छ। सुरक्षा सतर्कता अपनाउँदै दिल्ली मेट्रोका ५७ वटा स्टेशनहरुमा यात्रुको प्रवेश र निकास रोक्ने निर्णय गरिएको छ।

त्यस्तै सम्भावित भीड र अनपेक्षित घटना नियन्त्रण गर्न दर्जनौँ रेल सेवा रद्द गरिएका छन्।

प्रकाशित: २३ असोज २०८३ २०:३७ | Friday, October 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast