काठमाडौँ- काठमाडौँको टोखाबाट अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले धादिङको सिद्धलेक गाउँपालिका २ घर भई हाल टोखा बस्दै आएका ४४ वर्षीय लक्ष्मण गुरुङलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार टोखा नगरपालिका १ झण्डारे क्षेत्रमा अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन तथा बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। मंगलबार दिउँसो उक्त स्थानमा पुगेर चेकजाँच गर्दा मिसावट गरिएको अवस्थामा १५ बाल्टिन मह फेला परेको हो। बरामद गरिएको उक्त महको तौल ३८४ किलोग्राम रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ९ मंसिर २०८३ ११:२३ | Wednesday, November 25, 2026
प्रतिक्रिया



