दिल्ली प्रदर्शन : पक्राउ परेकाहरूलाई रिहा गर्न संयुक्त राष्ट्रसंघको आग्रह

हिमाल प्रेस २४ असोज २०८३ २१:२७ | Saturday, October 10, 2026
6
SHARES
दिल्ली प्रदर्शन : पक्राउ परेकाहरूलाई रिहा गर्न संयुक्त राष्ट्रसंघको आग्रह

काठमाडौँ- संयुक्त राष्ट्रसंघको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले शनिबार भारतलाई मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै भएको प्रदर्शनका क्रममा पक्राउ गरिएका व्यक्तिहरूलाई तत्काल रिहा गर्न आग्रह गरेको छ।

‘हामी दिल्लीमा आजका ठूला प्रदर्शनहरूभन्दा अघि र प्रदर्शनका क्रममा प्रदर्शनकारी, प्रदर्शनको नेतृत्व गरेका नेता र नागरिक समाजका सदस्य, वकिल र पत्रकारहरूको सामूहिक गिरफ्तारीका रिपोर्टहरूप्रति चिन्तित छौँ,’ कार्यालयले एक वक्तव्यमा भनेको छ,‘पक्राउ गरिएका निर्दोष सबै व्यक्तिहरूलाई तत्काल र बिनासर्त रिहा गरिनुपर्छ।’

भारतीय लोकसभामा विपक्षी दलको तर्फबाट नेता रहेका राहुल गान्धीले प्रदर्शनप्रति आफ्नो ऐक्यवद्धता रहेको बताएका छन्।

उनले प्रदर्शनकारीहरूले संविधानको रक्षा तथा भारतीय जनताको आवाजको सुरक्षाका लागि आफ्नो संघर्ष जारी राख्ने दाबी गरे।

प्रदर्शनरत युवाहरूप्रति एकता कायम गर्न आग्रह गर्दै उनीहरूलाई आफ्नो प्रदर्शन जारी राख्न राहुलले आग्रह गरेका छन्।

मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै ककरोच जनता पार्टी (सीजेपी) को नेतृत्वमा जन्तर मन्त्रतर्फ प्रदर्शन गर्ने प्रयास गर्दा राजधानी दिल्लीभरि करिब एक हजार प्रदर्शनकारीहरूलाई हिरासतमा लिइएको दिल्लीको प्रहरी स्रोतहरूले जानकारी दिएका छन्।-रासस/एएफपी

प्रकाशित: २४ असोज २०८३ २१:२७ | Saturday, October 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast