घरको कोठामा भेटियो ३१‍.७९० ग्राम हेरोइन र ५२ हजार रकम, एक पक्राउ

हिमाल प्रेस ९ मंसिर २०८३ १२:४६ | Wednesday, November 25, 2026
घरको कोठामा भेटियो ३१‍.७९० ग्राम हेरोइन र ५२ हजार रकम, एक पक्राउ

काठमाडौँ- धरान उपमहानगरपालिका ११ कुबिर्ता चोकस्थित एक घरबाट ३१ ग्राम ७९० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ र ५२ हजार ४०० रुपैयाँ नगदसहित एक जना पक्राउ परेका छन्।

मंगलबार दिउँसो करिब १६:३० बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले स्थानीय ४८ वर्षीय प्रकाश तामाङको घरको कोठाभित्र खानतलासी गर्दा उक्त पदार्थ र नगद फेला पारेको हो।

नियन्त्रणमा लिइएका तामाङलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको छ।

 

प्रकाशित: ९ मंसिर २०८३ १२:४६ | Wednesday, November 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast