जुम्लामा राजमार्गका अतिक्रमित संरचना हटाउन सुरु

हिमाल प्रेस ९ मंसिर २०८३ १२:३५ | Wednesday, November 25, 2026
जुम्लामा राजमार्गका अतिक्रमित संरचना हटाउन सुरु

जुम्ला- सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्गअन्तर्गत नाग्म–जुम्ला क्षेत्रमा सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने कार्य सुरु गरेको छ।

सार्वजनिक सडकको संरक्षण, सुरक्षा, यातायात सञ्चालनमा सहजता तथा सडकको उचित व्यवस्थापन गर्ने उद्देश्यले सार्वजनिक अतिक्रमित संरचना हटाउने कार्य अघि बढाइएको सडक डिभिजन कार्यालयका प्रमुख श्रवणकुमार महताराले जानकारी दिए।

त्यस सिलसिलामा स्थानीय तिला गाउँपालिकास्थित कुडारीबजार र त्रिवेणी बजार क्षेत्रका अतिक्रमित सबै संरचना हटाउन थालिएको कार्यालय प्रमुख महताराले बताए। अतिक्रमण घरटहरा तथा निर्माण सामग्री हटाउन र दुर्घटनाको जोखिम न्यूनीकरण गर्न गाउँपालिका र सडक डिभिजनले प्राथमिकताका साथ काम गरिरहेको उनले स्पष्ट पारे।

अतिक्रमित संरचना हटाउने सन्दर्भमा विगतमा सूचना टाँस्नमै सीमित रहेकामा अहिले भने कार्यान्वयन गर्न स्थानीय सरकार र सडक डिभिजन क्रियाशील भएको प्रमुख महताराले बताए।

आगामी दिनमा जुम्ला लगायत कालीकोट र मुगु जिल्लाका राजमार्ग क्षेत्रभित्रका अतिक्रमित त्यस्ता संरचना हटाउन सार्वजनिक सूचना जारी गरी आवश्यक प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ।

प्रकाशित: ९ मंसिर २०८३ १२:३५ | Wednesday, November 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast