नेपालविरुद्ध विष्फोटक शतक हानेका पाकिस्तानी अलराउन्डर इफ्तिखारले जनकपुरबाट एनपीएल खेल्ने

हिमाल प्रेस ८ असोज २०८३ १२:१२ | Thursday, September 24, 2026
6
SHARES
नेपालविरुद्ध विष्फोटक शतक हानेका पाकिस्तानी अलराउन्डर इफ्तिखारले जनकपुरबाट एनपीएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर एवं राष्ट्रिय टिमका पूर्वखेलाडी इफ्तिखार अहमदले जनपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्ने भएका छन्।

जनकपुरले सामाजिक सञ्जालमार्फत ३६ वर्षीय इफ्तिखारलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको घोषणा गरेको हो। दायाँहाते ब्याटर इफ्तिखार अफस्पीन बलिङसमेत गर्ने अलराउन्डर हुन्। उनी नेपालविरुद्ध सानदार शतक प्रहार गर्ने खेलाडी हुन्।

२०२३ को एसिया कपमा नेपालविरुद्धले ७१ बलमा अविजित १०९ रन बनाएका थिए, जसमा ११ चौका र ४ छक्का सामेल थिए। उनकै मद्दतमा पाकिस्तान ३४२–६ को बलियो रन पाकिस्तानले बनाएको थियो। तिनै इफ्तिखार अहिले नेपाली फ्रेन्स साइजमा जोडिएका छन्।

इफ्तिखारले पाकिस्तानका लागि ६६ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै ९९८ रन बनाएका छन् । समग्र टी–२० क्रिकेटमा उनले ३२९ खेलमा ६ हजार १९६ रन बनाउनुका साथै ९७ विकेट पनि लिएका छन् ।

प्रकाशित: ८ असोज २०८३ १२:१२ | Thursday, September 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast