एनपीएल तेस्रो संस्करण : कसले पायो ओटीटी र प्रसारण अधिकार?

हिमाल प्रेस २२ भदौ २०८३ १८:३१ | Monday, September 7, 2026
एनपीएल तेस्रो संस्करण : कसले पायो ओटीटी र प्रसारण अधिकार?

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको टिकट बिक्री गर्ने अधिकार इसेवाले पाएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार तेस्रो संस्करणको एनपीएलको मिडिया र टिकट बिक्री गर्ने अधिकार प्रदान गरेको हो।

क्यानद्वारा जारी विज्ञप्तीमा मिडिया तथा टिकट बिक्री गर्ने अधिकारसम्बन्धी बोलपत्र र खरिद प्रक्रिया पूरा गरी सफल अधिकारधनी कम्पनीहरूलाई अधिकार प्रदान गरेको जनाएको हो।

इसेवा लिमिटेडले टिकट बिक्री गर्ने अधिकार ८५ लाख रुपैयाँमा प्राप्त गरेको छ। क्यानका अनुुसार टिकट बिक्रीबाट प्राप्त आम्दानीको ९५ प्रतिशत क्यानलाई र पाँच प्रतिशत इसेवालाई प्राप्त हुनेछ।

क्यानका अनुसार विश्वव्यापी ओटीटी अधिकार नेट टिभी प्रालिलाई १८ करोड ४ लाख रुपैयाँमा प्रदान गरेको छ।

त्यसैगरी नेपालभित्र टेलिभिजन प्रशारण अधिकार भने हिमालयन टेलिभजनले प्राप्त गरेको छ। यसका लागि हिमालनय टेलिभिजनले १४ करोड ६४ लाखको बोलपत्र पेस गरेका थियो।

एनपीएल आगामी कात्तिक ९ देखि मंसिर ५ गतेसम्म राजधानीमा आयोजना हुँदैछ।

प्रकाशित: २२ भदौ २०८३ १८:३१ | Monday, September 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast