KLANG, MALAYSIA - SEPTEMBER 10: Pictures from the match between Nepal and Oman held at the Bayuemas Oval on September 10, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council
काठमाडौँ- एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा ओमानविरुद्ध नेपालले कमजेर ब्याटिङ प्रदर्शन गरेको छ। खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास क्रिकेट ओभलमा टस हारेर ब्याटिङ गरेको नेपालले ४५ दशमलव ४ ओभरमा सबै विकेटर गुमाएर १४७ रन मात्र बनाउन सफल भयो। नेपालका लागि माथिल्लो तहको ब्याटिङ चल्नै सकेन।
अलराउन्डर दीपेन्द्र सिंह एरीले अर्धशतक बनाउँदा बसिर अहमदले ४७ रनको आश लाग्दो पारी खेले। अन्य कुनै ब्याटरले उल्लेखीय प्रदर्शन गर्न सकेनन्। ओपनरको भूमिकामा आएका देव खनाल १३ रनमा आउट भए भने अर्का ओपनर आसिफ सेख पनि ११ रनमा बाहिरिए।
गुल्सन झाले जम्मा ७ रन थप्दा करण केसीले ३ रन बनाए। अघिल्लो खेलमा ९० रनको पारी खेलेका इसान पाण्डे आज १ रनमा बाहिरिए। रोहित पौडेल र सन्दीप लामिछाने ३। ३ रनमा आउट हुँदा शेर मल्ल र ललितनारायण राजवंशीले शून्य रनमै आउट भए।
ओमानका लागि कारन सोनाबोल र जय ओडेद्राले ३-३ विकेट लिए। इमरान महम्मदले ३ विकेट निकाल्दा इमरान अलि र सहिल अहमदले समान १-१ विकेट लिए। अबको केहीबेरमा खेलको दोस्रो इनिङ्स सुरु हुने छ। आजको खेल जित्ने टोली प्रिमियर कपको फाइनलमा पुग्नेछ।


