काठमाडौँ उपत्यकामा एलपी ग्यासको अभाव

हिमाल प्रेस १८ भदौ २०८३ १४:५४ | Thursday, September 3, 2026
काठमाडौँ उपत्यकामा एलपी ग्यासको अभाव

काठमाडौँ- काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभाव भएको छ।

भाद्र १० गतेको बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीरको सडक कटानमा परेपछि उपत्यकामा खाना पकाउने ग्यासको अभाव भएको हो।

पहिरोपछि ग्यास बुलेट आउन नसक्दा ग्यासको आपूर्ति ठप्प भएको छ। जसका कारण उपभोक्ताहरु मर्कामा परेका हुन्।

सहज रुपमा ग्यास उपलव्ध हुन नसक्दा उपभोक्ताहरु खाली सिलिण्डर लिएर ग्यास कम्पनीमा पुगेका छन् भने ठूला डिलरलगाएत बिक्रि केन्द्रमा खाली सिलिण्डरको लामो लाइन देखिएको छ।

ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट पनि काठमाडौँ आउन नसकेपछि उपत्यका बाहिर नै सिलिण्डरमा भरेर ल्याउने तयारी गरिएको छ।

आपूर्तिमा समस्या हुने देखिएपछि उपत्यकाका होटल, रेस्टुरेन्ट तथा उद्योगहरूलाई ग्यास बिक्री वितरणमा रोक लगाइएको छ।

नेपाल आयल निगमले उपत्यकामा होटल, रेस्टुरेन्ट तथा उद्योगका लागि तत्काल ग्यास बिक्रीमा रोक लगाएको हो।

घरायसी उपभोक्तालाई ग्यासको सहज आपूर्ति सुनिश्चि गर्त उपत्यकाका डिपो तथा विक्रेताबाट व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री नगर्ने निर्णय भएको निगमको भनाइ छ।

व्यावसायिक प्रयोजनका लागि ग्यास आवश्यक पर्ने व्यवसायीले आफ्नै सवारीसाधन र ढुवानीको व्यवस्था गरी उपत्यकाबाहिरका ग्यास उद्योगबाट ग्यास ल्याउनुपर्ने निगमको भनाइ छ।

प्रकाशित: १८ भदौ २०८३ १४:५४ | Thursday, September 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast