BANGI, MALAYSIA - AUG 31: Pictures from the match between Bahrain and Nepal held at the YSD UKM Oval on August 31, 2026 in Bangi, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council
काठमाडौँ- एसीसी प्रिमियर कप २०२६ को समूह चरणको अन्तिम खेलमा हङकङले नेपाललाई २६२ रनको बलियो लक्ष्य दिएको छ।
मलेसियाको बायामास क्रिकेट रंगशालामा टस जितेर बलिङ गरेको हङकङले ५० ओभरमा ७ विकेट गुमाएर २६१ रन बनायो। नेपालका लागि कप्तान सन्दीप लामिछानेले ४, शेर मल्लले ३ विकेट लिनबाहेक अन्य खेलाडीले खाता खोल्न सकेनन्।
७ ओभर बलिङ गरेका फास्ट बलर करण केसी पनि महँगो सावित भए। उनले ७ ओभरमा ६२ रन खर्चिए। अर्का फास्ट बलर गुल्सन झाले पनि ४ ओभर बलिङ गर्दा ४० रन खर्चिए भने १० ओभर बलिङ गरेका दीपेन्द्र सिंह एरी ३६ रन दिए। हङकङका लागि बाबर हायातले एक्लै ११७ रनको रवाफिलो पारी खेले। सहिद वासिफले ४५ रन, इसान खानले ३५, जिसन अलिले १५ र अन्सुमन रथले १३ रन बनाए।
अबको केहीबेरमा नेपालले ब्याटिङ गर्दैछ।
प्रकाशित: २३ भदौ २०८३ १०:५२ | Tuesday, September 8, 2026
प्रतिक्रिया


